चौबिस घण्टामा थप १९ जनामा कोरोना संक्रमण, १८ जना संक्रमणमुक्त

88
Shares

काठमाडौँ, २१ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ३७३ जनाको पीसीआर नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टी भएको हो । १ हजार ४४८जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण पनि भएको छ जसबाट कुनै पनि संक्रमित पुष्टि भएको छैन।

देशभर सक्रिय संक्रमितको संख्या २१७ रहेको छ । आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *