थप १० जनामा कोरोना संक्रमण, २६ जना निको भए

काठमाडौँ, ६ बैशाख । पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जनामा संक्रमण देखिएको हो । एन्टीजेन विधिबाट गरिएको १ हजार ३४५ जनाको परीक्षणमा भने कसैको पनि पोजेटिभ रिपोर्ट आएन ।
यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जना निको भएको जानकारी दिएको छ ।
हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन्।
संक्रमितमध्ये ३२४ जना होम आइसोलेसनमा रहेका छन् भने १० जना संस्थागत आइसोलेसनमा रहेका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



