पीसीएल नर्सिङ दोस्रो वर्षका विद्यार्थीद्धारा कान्ति अस्पतालमा स्वास्थ्य प्रदर्शनी (फोटो फिचर)

2.1k
Shares

काठमाडौँ, २७ चैत । एक महिने ओरिन्टेशन सकेको दिन परोपकार नर्सिङ क्याम्पस थापाथलीमा अध्ययनरत पीसीएल दोस्रो वर्षका विद्यार्थीले बाल स्वास्थ्य सम्वन्धी प्रदर्शनी गरेका छन् ।

उनीहरुले नवजात शिशु देखि १८ वर्ष मुनिका बालबालिकाको दैनिक आहारविहार र व्यवहार झल्काउने प्रदर्शनी गरेका हुन् ।

विद्यार्थीहरुको समन्वय गरेकी मिडवाइफ्रि दोस्रो वर्षकी विद्यार्थी गोमा कार्कीका अनुसार एक महिने ओरिन्टेशन सकिएको दिन अस्पतालमा आउने बालबालिका र तिनका अभिभावकलाई स्वास्थ्य सम्वन्धी जनचेतना जगाउने उदेश्यले नर्सिङ विद्यार्थीहरुले प्रदर्शनी कार्यक्रमको आयोजना गरेका हुन् ।

उनले ३९ जना विद्यार्थीको समूहले बालबालिकाको खानपान, आहारविहान र दिनचार्यका झल्कने बस्तुहरु, पोष्टर तथा चित्रहरु प्रदर्शनीमा राखेको बताईन् ।

हेरौँ प्रदर्शनीको फोटो फिचर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *