ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति दिने मन्त्रीपरिषद्को निर्णय

काठमाडौँ, २५ चैत । सरकारले ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको एक ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सहमति प्रदान गरिएको बताए।
यो संगै प्रवक्ता कार्कीले मन्त्रीपरिषद् बैठकका विभिन्न २३ निर्णय आज सार्वजनिक गरेका हुन् ।


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



