नेकपा एसले बनायो ३५ सदस्यीय स्वास्थ्य विभाग, प्रमुख बने नगेन्द्र चौधरी, उपप्रमुखमा डा. खनाल

सदस्यहरुमा पनि डाक्टर, नर्स र फार्मासिस्टहरु हावी
7.6k
Shares

काठमाडौँ, ११ चैत । नेकपा एकीकृत समाजवादी पार्टीको स्वास्थ्य विभाग प्रमुखमा नगेन्द्रप्रसाद चौधरी चयन भएका छन् । पार्टीको गत २५ र २६ मा काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले चौधरीलाई स्वास्थ्य विभाग प्रमुखमा चयन गरेको हो ।

यस्तै बैठकले विभागको उपप्रमुखमा डा गोपाल खनाललाई चयन गरेको छ ।

कुल ३५ सदस्यीय विभागमा बाँकी ३३ जना भने सदस्यहरु हुन् । ती सदस्यहरुमा कमला गैरे, डा कृष्णगोपाल महर्जन, डा गुप्तबहादुर श्रेष्ठ, प्राडा गोविन्द सुवेदी, गंगा थापा, चेत गुरुङ र टोप थापा छन् ।

यस्तै तारा तामाङ, बाबुराम हुमागाईं, डा विदुर वस्ती, डा बीरेन्द्र तिवारी, विष्णु फुयाल, भारती भेटुवाल पनि सदस्यमा चयन भएका छन् । यसैगरी डा रमेश ढकाल, रत्न गुरागाईं, डा रविन खड्का, रामविनोद महतो, डा रामचन्द्र पाण्डे, डा शालिक राम धिताल, डा सन्तकुमार दास, डा सुमन नेपाल, डा हरि खड्का, डा हरिदेव यादव, डा बाबुराम गौतम प्राडा शेसानन्द सञ्जेल, गणेश श्रेष्ठ पनि सदस्य चयन भएका छन् ।

यस्तै गरी चेतवहादुर गुरुङ, दुर्गा मिश्र, ज्ञानु महर्जन, डा रोशन अली, डा राकेशकुमार झा, रामशरण मल्ल र प्रदीप लम्साल पनि सदस्य रहेका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *