जाडो मौसममा मुटु स्वास्थ्यका लागि अपनाउनुपर्ने १० सावधानी

– डा. ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

यतिवेला मौसम चिसो छ । चिसो मौसममा मुटुजन्य स्वास्थ्य समस्याहरु बढी देखिन्छ । यस्ता समस्याबाट जोगिन व्यक्ति स्वयंले सावधानी अपनाउनु पर्छ ।

निम्नअनुसारका १० सावधानी अपनाउँदा पनि मुटुजन्य स्वास्थ्य समस्याको सम्भावना कम हुन्छ ।

१. पानी प्रशस्त पिउने : शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।

२. वार्म अप गर्ने : शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि ५ १० मिनेट शरीरलाई सक्रिय बनाउने अर्थात वार्मअप गर्ने र व्यायाम सुरु गर्ने ।

३. हिँडाइको गति कम गर्ने : चिसोका बेला मुटुमा जोखिम कम गर्न हिडाईको गति कम गरी बरु हिडाईको अवधी बढाउनु सुरक्षित उपाय हुन्छ ।

४. चिसो हावा र पानी परेको बेलामा : जाडो मौसममा चिसो हावा र पानी परेको बेलामा घर बाहिर व्यायाम गर्न निस्कनु हुँदैन ।

५. मदिरा र चुरोटको सेवन : जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

६. धेरै चिल्लो खाना : जाडोमा कोलेस्टेरोल बढ्ने हुनाले धेरै चिल्लो, प्राई, पार्टी भोजको बेलामा सतर्क हुनु पर्दछ ।

७. सुगर प्रेसर, कोलेस्टेरोल राम्रो नियन्त्रण : जाडो महिनामा प्रेसर र कोलेस्टेरोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।

८. चिसोमा हिड्दा छाती दुख्नु : मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ ।

९. औषधिको नियमित प्रयोग : मुटुरोग प्रेसर सुगर कोलेस्टेरोल आदिको औषधि नछुटाईकन नियमित खानुपर्छ ।

१०. व्यायामको बेलामा चिसोबाट सुरक्षा : यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिडनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *