न्यूरो अस्पतालमा हुन्छ टाउको नखोलीकन ‘स्ट्रोक’को उपचार

स्ट्रोक र नयाँ प्रविधिबारे जानकारी दिदै डा सुवास फुयाँल

काठमाडौँ, ४ पुस । न्यूरो सम्वन्धी उपचारका क्षेत्रमा प्रसिद्धि कमाएको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाईड साईन्सेस्ले नयाँ प्रविधि भित्र्याएर उपचारलाई थप सहज बनाउने कार्यमा लागि रहेको छ । पछिल्लो दुई वर्ष यता उसले टाउको नखोलिकन पक्षघात अर्थात स्ट्रोक तथा एन्युरिज्मको उपचार गरी धेरैको जीवनलाई सामान्य अवस्थामा फर्काएको छ ।

स्वार्गीय प्राडा उपेन्द्र देवकोटाको जन्मजयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा अस्पतालकी अध्यक्ष रहेकी प्राडा मधु दिक्षित देवकोटाले न्युरो उपचार क्षेत्रमा भएका पछिल्ला गतिविधि र आफ्नो संस्थाको प्रगतिको बारेमा जानकारी दिईन् । सो क्रममा उनले विकसित मुलुकमा समेत सर्वसुलभ भइ नसकेको इन्डोभास्कुलर उपचार प्रविधि भित्र्याएर आफ्नो अस्पतालले दुई वर्ष अघि देखि नै टाउको नचिर पक्षघात तथा रक्तनलीको फकुन्डो (एन्युरिज्म) जस्तो रोगहरुको गरिरहेको बताइन । उनले डा उपेन्द्रको सपना बमोजिम नै अस्पतालले नयाँ नयाँ प्रविधि भित्र्याई न्यूरो उपचारका क्षेत्रमा उत्कृष्ठ कार्य गरेको दावी गरिन ।

अस्पतालको सेवाबारेमा जानकारी गराउँदै अध्यक्ष प्राडा मधु दिक्षित देवकोटा

कार्यक्रममा बरिष्ठ न्युरो सर्जन डा शिखर श्रेष्ठले अस्पतालले पछिल्ला तीन वर्षमा गरेका उपचार र नयाँ प्रविधिबाट गरिएका केशबारेमा बताएका थिए । उनले पछिल्लो तीनवर्ष मध्ये दुई वर्ष कोभिडका कारणले केही डिस्र्टव भएको भन्दै पुन अहिले सेवा लिनेको संख्या बढेको बताए ।

न्युरो इन्ट्रोभेन्सनल सर्जरीका डाक्टर सुवास फुयालले नयाँ प्रविधि भित्र्याउने क्रमलाई न्यूरो अस्पतालले निरन्तरा दिएको बताए । उनले पक्षघात तथा एन्युरिजज्म सम्वन्धी समस्या हुँदा टाउको नखोली उपचार गराउनेको संख्या ३०० बढी नाघेको बताए ।

इन्डोभास्कुलर सेवा के हो ?
डा फुयालका अनुसार एन्युरिज्म तथा स्ट्रोक भएका विरामीहरुलाई खुट्टाको नसाबाट पठाइने तारसहितको यन्त्रले टाउँकोमा जहाँ निर नसा फुटेर रगत जमेको छ । त्यहाँ क्वालिङ गरेर टालिदिन्छ । जमेको रगतका थेग्रा झिकिदिन्छ र बन्द भएको नसामा पुन रगत वहन थाल्छ । रगत बहन थालेपछि मस्तिस्कले पुन काम गर्न थाल्छ । न्युरो अस्पतालमा दुई वर्ष अघि ल्याइएको वाइप्लेन क्याथल्यावबाट यो सेवा दिईदै आएको छ ।

न्यूरो अस्पतालमा रहेको वाइप्लेन क्याथल्याव

त्यसो त स्ट्रोक अर्थात पक्षघात तथा एन्युरिज्म मानिसहरुहरुलाई अपांग गराउने प्रमुख रोग हो । मृत्यु गराउनेमा यो प्रमुख तेस्रो नम्बरमा आउँछ । समय भित्रै ल्याइएको खण्डमा यी दुबै अवस्थाबाट विरामीलाई जोगाउन सकिन्छ । डा फुयाल भन्छन्, ‘चौविस घण्टा भित्र बिरामी अस्पताल आयो र इन्डोभ्यास्कुलर सेवाबाट उपचार गर्न सकियो भने उसलाई पूर्ववत अवस्थामा फर्काउने सम्भावना अधिक हुन्छ ।’  उनले अधिकांश केशमा यो विधि उपयुक्त हुने भएपनि सबैमा नहुने बताए । कतिपयको टाउँको खोलेरै उपचार गर्नुपर्न पनि सक्छ ।

१०० सैय्याको न्यूरो अस्पतालमा ३०० जना कर्मचारी रहेका छन् । बार्षिक करीव ३५ हजार विरामीलाई सेवा दिईरहेको यस अस्पतालमा सेवा लिनेको संख्या कोभिडपछि भने २० हजारमा झरेको बताइएको छ । यद्धपी पछिल्ला महिनाहरुमा विरामीको संख्या पुन बढ्न थालेको छ ।

डा श्रेष्ठले हाल यो अस्पतालमा न्यूरो सर्जरी न्यूरोलोजी, इन्टरभेन्सनल न्युरोरेडियोलोजी, न्युरो क्रिटिकल केयर, साइक्रियाट्रि, नाक कान घाटी, फिजियोथेरापी, रिह्याविटेसन, म्याग्जिलोफेसियल सर्जरी र अर्थोपेडिक तथा ट्रमा, अप्थाल्ल्मोलोजी, जनरल सर्जरी लगायतका सेवाहरु भइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *