चौबिस घण्टामा थप २११ जनामा कोरोना संक्रमण, ३२९ जना संक्रमणमुक्त

96
Shares

काठमाडौँ, २३ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर २११ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३२९ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार १८ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १९७ र १ हजार ४३३ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा १४ जनाको गरी कुल ९ हजार ४५१ परीक्षण गर्दा २११ जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६४, भक्तपुरमा ८र ललितपुरमा २८ जना गरी उपत्यकामा १ सय जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेका छन् । आइसीयूमा १२१ जना भेन्टीलेटरमा ३० जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज थप ३ लाख ३७ हजार १७२ जनाले कोरोना खोप लागाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *