मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनित

196
Shares

झापा, ९ मंसिर । वीएण्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिको रुपमा मनोनित भएका छन् ।

मंगलबार बसेको स्थायी समिति बैठकले प्रसाईं सहित १०६ जनालाई प्रतिनिधिको रुपमा मनोनित गरेको हो ।

बामपन्थी राजनीतिमा झुकाव राख्ने प्रसाईं पछिल्लो समय नेकपा एमालेको राजनीतिमा सक्रिय ढंगले लागेका थिए ।

‘केपी ओली नेतृत्वको सरकारले जसरी सुखी नेपाली समृद्ध नेपालको मूलमन्त्र अघि सार्‍यो, त्यसपछि मैले केपी ओलीको नेतृत्वलाई मन पराएको हुँ । पार्टीले मलाई विश्वास गरेर जसरी मनोनित गरेको छ त्यसलाई सतप्रतिशत बनाउनेछु । समृद्ध नेपालको अभियानमा अब थप सक्रिय ढंगले लाग्नेछु,’प्रसाईंले भने ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले प्रदेश नं १ का पूर्व प्रमुख सोमनाथ प्यासी, गोविन्द कलौनी, युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेबे, पूर्व उपाध्यक्ष गोविन्द थापा, हालै नेकपा एमाले प्रवेश गरेका नेपालगञ्जका पशुपति दयाल मिश्र, पाल्पाका जिल्ला अध्यक्ष नारायण आचार्य लगायतलाई मनोनित गरेको थियो । एमालेले मनोनीत गर्दा पनि ३३ प्रतिशत आरक्षण सुनिश्चित गरेको बताएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *