माल्दिभ्सले पठाएको २ लाख डोज एस्ट्राजेनेका खोप आईपुग्यो, तत्काल लगाउनु पर्ने

448
Shares
आइतबार राती विमानस्थलबाट खोप टेकुस्थित खोप भण्डरण केन्द्रमा लैजान लोडगर्दै आपूर्ति शाखाका कर्मचारीहरु

काठमाडौँ, १५ कात्तिक । माल्दिभ्स सरकारले उपहारस्वरुप उपलव्ध गराएको कोरोना विरुद्धको २ लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार राती काठमाडौं आइपुगेको छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कतार एयरको नियमित उडान मार्फत बेलुका ८ ३० बजे खोप काठमाडौं आइपुगेको हो ।

यो खोप अहिले टेकुस्थित आपूर्ति शाखाको खोप भण्डरण केन्द्रमा राखिएको छ । यो खोप नियर एक्सपायर भएकोले सकेसम्म छिटो लगाउने योजनामा स्वास्थ्य सेवा विभाग रहेको बुझिएको छ ।

शाखा प्रमुख ढुंगानाका अनुसार खोप एक्सपायर्ड हुने मिति अब एक महिना बाँकी छ । ‘हामीले यसलाई पहिलो डोजका रुपमा प्रयोग गर्न सक्छौँ । दोस्रोे डोज आठ हप्ता पछि लगाउने हुनाले त्यसबेला अर्को लट खोप आउनेछ,’ उनले भने ।

नेपालले कोभ्याक्स सुविधा मार्फत पनि निकट भविस्यमै ठूलो मात्रामा एस्ट्राजेनेका खोप प्राप्त गर्ने बताइएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *