चौबिस घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण, ६६४ जना संक्रमणमुक्त

152
Shares

काठमाडौँ, ११ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ५९१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ६६४ जना संक्रमणमुक्त भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार ८४८ जनाको पीसीआर बिधीबाट र २ हजार ५०७ जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार ३५५ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ५२७ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६४ जना गरी आज कुल ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५७ भक्तपुरमा १२ र ललितपुरमा ३० जना गरी उपत्यकामा १९९ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेका छन् । आइसीयूमा २४८ जना र भेन्टीलेटरमा ८१ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *