नेपाल मेडिकल काउन्सिलको निर्वाचन : ३५ जना डाक्टरले दिए उम्मेद्धारी

756
Shares

काठमाडौँ, ३ कात्तिक । उपाध्यक्ष र आठ जना सदस्यका लागि आगामी मंसिर महिनामा हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि ३५ जनाको उम्मेद्धारी परेको छ ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदका लागि तीन जना र आठ जना सदस्य पदका लागि ३२ जनाको उम्मेद्धारी परेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष पदमा डा. शिवजी पौडेल, डा. रामपरिक्षण यादव र डा. प्रमोद कुमार यादवले उम्मेद्धारी दिएका छन् ।

काउन्सिलको ३-४ मंसिरमा उपत्यकाबाहिर र १०-११ मंसिरमा उपत्यकाभित्र निर्वाचन हुँदैछ । यसअघि काउन्सिलको ९ भदौंमा बसेको पूर्ण बैठकले डा गणेशकुमार राईको नेतृत्वमा डा.मधुसुदन पुन, डा. मनोज हुमागाई सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।  काउन्सिलको निर्वाचनमा ८ भदौंसम्म काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले भाग लिने पाउनेछन् ।

यी हुन् उम्मेद्धारहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *