चौबिस घण्टामा थपिए ३९१ जना कोरोना संक्रमित, ६८० जना संक्रमणमुक्त

काठमाडौँ, ३१ असोज । चौबिस घण्टामा देशभर ३९१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ६८० जना संक्रमणमुक्त भएका छन् । आज थप ६जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ६ हजार ९६६ जनाको पीसीआर बिधीबाट र १ हजार १११ जनाको एन्टीजेन बिधिबाट गरी कुल ८ हजार ७७ जनाको नमुना परीक्षण भएको छ ।
जसमा पीसीआर बाट ३८५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जना गरी आज कुल ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा २९९ र भेन्टीलेटरमा ९८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



