सुदूरपश्चिममा कोरोना संक्रमणबाट हालसम्म ५८८ को मृत्यु

72
Shares

डोटी, १ असोज । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यहाँका नागरिकले त्यसको वास्ता नगर्दा कोरोना जोखिम बढ्दै गएको निर्देशनालयको आँकलन छ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना जोखिम कायमै रहेका कारण यहाँका नागरिकले निकै सचेतना बढाउनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताए ।

उनले भने, “कोरोना जोखिम कायमै छ, त्यसैमा चाडबाडका बेला पनि सुरु हुन थालेकाले जोखिम झनै बढ्न सक्छ, सबैले सावधानी अपनाउनु जरुरी भएको छ ।”

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *