सोमबार थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

120
Shares

काठमाडौँ, २८ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ४८६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार २६० जना निको भई डिस्चार्ज भएका छन् । आज थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १२ हजार ५३२ जनाको पीसीआर बिधीबाट र ४ हजार ७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार ५३९ जनाको नमुना परीक्षण भएको छ । जसमा पीसीआर बाट १ हजार १४९ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३३७ जना गरी आज कुल १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ३०१ भक्तपुरमा ५७ र ललितपुरमा ६८ जना गरी काठमाडौँ उपत्यकामा ४२६ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ४७५ र भेन्टीलेटरमा १३४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *