जोशीको अध्यक्षतामा एमाले निकटको राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश कमिटी गठन

कैलाली, १३ भदौ । नेकपा एमाले निकट राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेश कमिटी गठन भएको छ। माहा ओमराज जोशीको अध्यक्षतामा १३ सदस्यीय सुदूरपश्चिम प्रदेश कमिटि गठन भएको हो ।

नयाँ कमिटीको उपाध्यक्षमा चन्द्र शेखर बढु, सचिव हरिश प्रकाश बोहरा, सह सचिवमा मोहन नाथ, कोषाध्यक्ष शान्ति धामी र सहकोषाध्यक्ष भोजराज भट्ट चयन भएका छन्। सदस्य हरू मा महेश गिरी, केशव नाथ, तपेन्द्र खत्री, दीपेन्द्र नाथ, मनोज महरा चयन भएका छन्।

नवगठित कमिटीका अध्यक्ष जोशीले सुदूरपश्चिम प्रदेशका फार्मासिस्टहरु एकतावद्ध भई आफ्ना पेशागत हक हितका विषयमा आवाज उठाउन संगठित भएको बताए । उनले अस्पताल फार्मेसी निर्देशिका २०७२ अक्षरशः लागु गर्नुपर्ने, औषधिको उचित प्रयोग गर्नको लागि सबै सरोकार निकाय तत्पर हुनुपर्ने , प्रदेश स्तरीय औषधि व्यवस्था विभाग र फार्मेसी परिषद् गठन गरिनुपर्ने लगायत मुद्दाहरू माथि आगामी दिनमा अगाडि बढ्नु पर्ने हुँदा सबै फार्मेसी पेसाकर्मी साथीहरू लाई मिलेर अगाडि बढ्न तयार रहन पनि अनुरोध गरेका छन् ।

नवगठित कार्यसमितिलाई पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमाले स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारी, नेपाल फार्मेसी काउन्सिल तथा औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलन पाण्डे, राष्ट्रिय फार्मेसी संघ केन्द्रीय अध्यक्ष क्षितिज गर्तौला, नेपाल फार्मेसी काउन्सिल का सदस्य नीरज बर्तौला र अन्य प्रदेशका अध्यक्षहरूले शुभकामना दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *