बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा. रेग्मीले दिए राजिनामा

392
Shares

धरान, ११ भदौ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजिनामा दिएका छन्। रेग्मीले सरकारले गठन गरेको छानविन समितिलाई सहयोग पुगोस् भनेर राजिनामा दिएको बताएका छन्।

यता २४ दिन अघि आन्दोलन स्थगित गरेको प्रतिष्ठानका आन्दोलनरत पक्षले सम्झौता कार्यान्वयन गर्न सात दिने अल्टिमेटम दिएका छन् । आन्दोलनरत पक्षले अल्टिमेटम दिएकै दिन रेग्मीबाट राजिनामा आएको हो ।

आन्दोलनरत पक्षले आफ्ना ६ बुँदे माग अघि सार्दै सात दिनको अल्टिमेटम दिएको हो । त्यसमा विगतमा भएका सम्झौँताको कार्यान्वयनमा मुख्य जोड दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *