बेलायतबाट एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप आजै आईपुग्ने

काठमाडौँ, १० भदौ । बेलायत सरकारले नेपाललाई आजै एक लाख ३१ हजार डोज कोभिडविरुद्धको खोप उपलव्ध गराउने भएको छ । आज अपरान्ह साढे ४ बजे कतार एयरबाट १ लाख ३१ हजार २०० डोज एस्ट्राजेनेका खोप आउने भएको हो ।

स्वास्थ्य सेवा विभाग स्रोतका अपरान्ह साढे ४ बजेको कतार एयरको उडानबाट खोप आउँदैछ । सो खोप काठमाडौँस्थित बेलायती दुतावासका प्रतिनिधिले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछन् ।

कोभिडविरुद्धको अभियानमा बेलायतले अन्य स्वास्थ्य सामग्री सहयोग गरे पनि खोप सामग्री सहयोग गरेको थिएन ।

नेपालमा खोप अभाव भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बेलायती महारानीलाई चिठी लेखि खोप सहयोग गर्न आग्रह गरेकी थिइन ।

नेपाललाई भारतले ११ लाख डोज कोभिसिल्ड, चीनले ३४ लाख डोज भेरोसेल, अमेरिकाले १६ लाख डोज जोन्सन एण्ड जोन्सन, जापानले १६ लाख डोज एस्ट्राजेनेका, भुटानले २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप सहयोग उपलव्ध गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *