बुधबार थप २४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

काठमाडौँ, ९ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ७८१ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ४४ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार ९ हजार ७११ जनाको पीसीआर बिधीबाट र ५ हजार ५७९ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार २९० जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा ५१५ भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना गरी काठमाडौँ उपत्यकामा ७४५ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २७७ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ६१० र भेन्टीलेटरमा १६१ जना संक्रमित उपचाररत रहेका छन्। त्यस्तै २० वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको प्रबक्ता पौडेलले जानकारी गराए ।  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *