स्वास्थ्य करकोषको ८६ प्रतिशत बजेट अर्थमै रोकिन्छ

काठमाडौँ, ७ भदौ । नियमत सुर्तीजन्य पदार्थमा लाग्ने अन्त शुल्कबाट उठेको रकममध्ये २५ प्रतिशत हिस्सा स्वास्थ्य करकोषमा जम्मा गर्ने व्यवस्था गरेको छ । तर अर्थ मन्त्रालयले स्वास्थ्य करकोषमा १४ प्रतिशत मात्रै रकम पठाउने गरेको छ । त्यहि रकम पनि स्वास्थ्यले पुरापुर खर्च गर्न सकेको छैन् ।

महालेखापरीक्षकको अन्ठाउन्नौं बार्षिक प्रतिवेदन २०७८ मा उल्लेख भए अनुसार कोषमा २०७२।०७३ देखि २०७५।०७६ सम्म सुर्तीजन्य पदार्थको अन्तशुल्क रु ७५ अर्व ७२ लाख उठेको थियो । त्यसको २५ प्रतिशत हिस्सा अर्थात १८ अर्व ७५ करोड १८ लाख रुपैयाँ स्वास्थ्य करकोषमा आउनु पर्ने थियो । तर स्वास्थ्य करकोषमा त्यस अवधीमा २ अर्व ६५ करोड ३२ लाख रुपैयाँ (१४.१४ प्रतिशत) मात्रै प्राप्त भएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ मा सुर्तीजन्य पदार्थको अन्तशुल्कबाट उठेको रकमको २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गर्ने र त्यसबाट मुटु क्यान्सर जस्ता नसर्ने रोगको उपचार गर्ने अस्पताल, सुर्तीजन्य पदार्थ विरुद्धको अभियान जगाउन गैरसरकारी संस्था तथा सचिवालयले अरु सचेतनामुलक कार्य गर्नका लागि बजेट विनियोजन गर्ने व्यवस्था छ ।

महालेखाको प्रतिवेदनले भने कोषमा न्युन रकम प्राप्त भएकोले कोषबाट अन्य निकायमा बाँडफाँड हुने रकम समेत न्युन हुने देखिँदा तोकिएबमोजिम कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको बताएको छ । महालेखाले नियामावली भएको व्यवस्था बमोजिम रकम प्राप्त गरी कार्यक्रमको प्रभावकारी कार्यान्वनय हुनु पर्ने समेत सुझाव दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *