आइतबार १९२० जनामा कोरोना संक्रमण, निको हुने झन धेरै

काठमाडौँ, ६ भदौ । साताको सुरुवातमा कोरोना संक्रमण अघिल्ला साताको तुलनामा कम देखिएको छ । बरु संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ९२० जनामा कोरोना देखिएको छ । सोही दिन कोरोना जितेर निको हुनेको संख्या २ हजार २४८ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार कुल ९ हजार ४४३ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन गरी कुल १२ हजार ५१६ जनाको कोभिड परीक्षण गरिएको थियो । सो क्रममा पीसीआर विधिबाट १ हजार ७०२ जना र एन्टीजेनविधिबाट २१८ जनामा कोभिड देखिएको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप २४ जनाको ज्यान गएको उल्लेख गरेको छ । आजको संख्या संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ५०९ पुगेको छ ।

मन्त्रालयले अहिले देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको उल्लेख गरेको छ । त्यसमा होइम आइसोलेसनमा ३५ हजार ५५५ जना, संस्थागत आइसोलेसनमा ३ हजार १९६ जना र क्वारेन्टिनमा ४२१ जना रहेका छन् ।

मन्त्रालयले आजको तथ्यांक संगै निको हुनेको दर ९३.४१ प्रतिशत, सक्रिय संक्रमित ५.१८ प्रतिशत र १.४१ प्रतिशत मृत्यु भएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *