जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालन

बैतडी, ९ साउन । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पताल बैतडीमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ। अस्पतालले थप १० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको हो। निर्माणाधीन अस्पतालको भवनमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएकै बेला जिल्ला अस्पतालले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि थप १० शय्याको वार्ड सञ्चालनमा ल्याएको हो। यसअघि जिल्ला अस्पतालमा १८ शय्याको कोभिड वार्ड सञ्चालनमा रहेको थियो। उनले भने, “कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले पूर्वतयारी स्वरूप कोभिड वार्ड सञ्चालनमा ल्याएका हौँ।”

अस्पताललमा अब २८ शय्याको कोभिड वार्ड सञ्चालनमा आएसँगै कोभिडका बिरामीहरुलाई सहजै उपचार गराउन सहज हुने भएको छ। बैतडीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २७ रहेको  छ भने कोरोनाबाट १८ जनाको मृत्यु भइसकेको छ। कोेरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीका साउन १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *