डब्लुएचओ र युनिसेफले भन्यो, ‘कोरोनाका कारण २ करोड ३० लाख बालबालिका खोपबाट बन्चित’

काठमाडौँ, ६ साउन । कोभिड १९ को महामारीको कारण सन् २०२० मा २ करोड ३० लाख बढी बालबालिकाहरुले नियमित स्वास्थ्य सेवा अन्तरगर्त पाउनुपर्ने खोप लिनबाट बञ्चित भएका छन् । यो संख्या २०१९ मा भन्दा ३७ लाख बढी हो ।

विश्व स्वास्थ्य संगठन र युनिसेफले यसै साता सार्वजनिक गरेको तथ्यांक अनुसार १ करोड ७० लाख जति बालबालिकाले गत वर्ष एउटा पनि खोप नपाएको र खोपको पहुँचमा अझ बढी असमानता देखिएको उल्लेख छ ।  धेरै देशहरुमा अघिल्लो बर्ष बाल्यावस्थाको खोप कभरेजदरमा कमी आएको देखाएको छ ।

डव्लुएचओले खोप नपाउने बालबालिकाहरु धेरैजसोे धैरेजसो द्वन्द्वबाट ग्रस्त समुदायहरु, सेवा–सुविधा अपुग दुर्गम क्षेत्र वा अनौपचारिक वा सुकुम्बासी वस्ती जस्ता ठाउँमा बस्ने गरेको बताएको छ । उसले त्यहाँ उनीहरुले आधारभूत स्वास्थ्य तथा सामाजिक सेवाहरू लगायतका विभिन्न सेवाहरुको पँहुचबाट बञ्चित हुने परिस्थितिको सामना गर्नु परेको समेत उल्लेख गरेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अद्हानोम घेब्रेयसस भन्छन्, “कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि देशहरुले दृढरुपमा आवाज उठाईरहेको बेला हामी अन्य खोपहरूमा भने पछाडी परिरहेका छाँ, जसले गर्दा बालबालिकाहरू घातक तर खोपबाट बचाउन सकिने रोगहरू जस्तै दादुरा, पोलियो र मेनिन्जाइटिस जस्ता रोगहरूको जोखिममा परेका छन् । यसै कारणबाट अनेक रोगहरूको महामारी भएमा, कोभिड–१९ विरुद्ध लडिरहेको समुदाय र समग्र स्वास्थ्य प्रणालीको लागि यो विनाशकारी हुनेछ । त्यसैले तत्काल, बाल्यावस्थामा दिइने खोपहरुमा लगानी गरेर प्रत्येक बालबालिकामा खोपको सुनिश्चितता गर्नु अहिले झन् बढी जरुरी छ ।”

डव्लुएचओले सन् २०२० मा सबै क्षेत्रहरूमा खोपको पहिलो मात्रा लगाउन छुटेका बालबालिकाहरुको संख्या बढदै गएको छ र दशौँ लाख बढी बालबालिकाहरुले पछिल्लो खोपको मात्रा लिन छुटेको बताएको छ ।

प्रतिवेदनले सन् २०२० मा खोप सेवामा व्यापकरुपमा अवरोध हुन गएको बताएको छ । त्यसमा पनि विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली र पूर्वी भूमध्यसागरीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको उल्लेख छ । स्वास्थ्य सेवा र बाह्य खोप सेवाको पहुँच कम हुनाले सबै क्षेत्रमा पहिलो खोप समेत नपाउने बालबालिकाको संख्यामा बृद्धि भएको जनाएको छ । उसले भनेको छ सन् २०१९ को तुलनामा ३५ लाखभन्दा बढी बालबालिकाले डि.पी.टी को पहिलो मात्रा र साथै ३० लाख भन्दा बढी बालबालिकाहरूले दादुरा विरुद्धको खोपको पहिलो मात्रा लिन छुटेका छन् ।

यता युनिसेफका कार्यकारी निर्देशक हेनरियट्टा फोर भन्छन्, “यो तथ्य हाम्रो लागी स्पष्ट चेतावनी हुनुपर्दछ – कोभिड–१९ को महामारी र सम्बन्धित अवरोधहरुले हामीले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु गुमाउने अवस्थामा पु¥याउन सक्छ र गुमायाँै भने यसको मुल्य सबैभन्दा बढी जोखिममा रहेकाहरुले आफनो जीवन र स्वास्थ्यबाट चुकाउनु पर्ने अवस्था हुन्छ । कोभिड–१९ को महामारी सुरु हुनु अगाडि नै हामीले बालबालिकाहरूलाई खोपबाट बचाउन सकिने बाल्यकालिन अवस्थामा हुने रोगहरूबाट बचाउन पर्याप्त ध्यान दिन नसकेको चिन्ताजनक संकेत पाइएको थियो, जसमा दुई बर्ष अगाडि वृहतरुपमा फैलिएको दादुराको महामारीलाई समेत लिनसकिन्छ । अहिलेको कोभिड–१९ को महामारीले यो अवस्थालाई झनै जटिल बनाएको छ । कोभिड–१९ विरुद्धको खोपको समतामूलक वितरण हुनुपर्छ भनेर हामी सबैको बिचार भए पनि खोपको वितरणमा सधँै विभेद हुने गरेको छ भन्ने बारेमा हामीले हेक्का राख्नुपर्छ र त्यस्तो विभेद हुन दिनु हुँदैन ।”

यस्तो प्रतिवेदन :
तालिका १ .

डी.पी.टी.को पहिलो मात्रा नपाएका बालिबालिकाहरूको संख्यामा सबैभन्दा धेरै बृद्धि भएका देशहरू :
सन् २०१९                                                                          सन् २०२०
भारत                                  १,४०३,०००                                                                  ३,०३८,०००
पाकिस्तान                          ५६७,०००                                                                    ९६८,०००
इण्डोनेशिया                       ४७२,०००                                                                    ७९७,०००
फिलिपिन्स                          ४५०,०००                                                                    ५५७,०००
मेक्सिको                             ३४८,०००                                                                     ४५४,०००
मोजाम्बिक                         ९७,०००                                                                       १८६,०००
अंगोला                               ३९९,०००                                                                      ४८२,०००
युनाइटेड रिपब्लिक अफ तान्जानिया १८३,०००                                                 २४९,०००
अर्जेन्टिना                            ९७,०००                                                                      १५६,०००
भेनेजुएला (बोलिभेरियन रिपब्लिक अफ) ७५,०००                                          १३४,०००
माली                                    १३६,०००                                                                     १९३,०००

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *