कोरोना महामारीमा खटिएका एम्बुलेन्स ड्राईभरको चिन्ता- ‘नेपालीपन त हराउँदै गयो कि क्याहो ?

इच्छाकामना गाँउपालिका वडा नं ३ चितवनका बमबहादुर गुरुङ यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार विजेता हुन् । एक लाख धनराशीको उक्त राष्ट्रिय पुरस्कार मदन भण्डारी फाउन्डेशनले गत सोमबार मदनजयन्तीको अवसरमा बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्राप्त गरे ।

मह जोडी, डा भगवान कोइराला, महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन लगायत जस्ता सेलिब्रेटी आइकनले पाएको यो पुरस्कार पहिलो पटक नन् सेलिब्रेटी अर्थात चर्चामा नआएका साधारण व्यक्ति एम्बुलेन्स ड्राइभरले पाएका थिए । यसअर्थ उनको बारेमा जान्नु जरुरी छ ।

………………………………………….

बैदेशिक रोजगारबाट फर्केपछि करीब २ बर्ष अघि नेपाल एम्बुलेन्स सर्भिस (एनएएस)मा एम्बुलेन्स ड्राइभरर पदमा नियुक्ती लिएका हुन् । अहिले उनी नेपाल एम्बुलेन्स सर्भिस स्टेशन कीर्तिपुरमा कार्यरत छन् । सो संस्था भित्र कार्यरत २२ जना ड्राईभरहरुमध्ये अनुशासित, मृदुभाषि तथा मिलनसार ड्राईभरको रुपमा चिनिन्छन् ।
…………………………………………..

‘टेलिफोनको घण्टीलाई कहिल्यै वेवास्ता नगर्ने बमबहादुर आफ्नो कर्तव्यलाई ईमान्दारिताका साथ पुरा गर्नुपर्छ भन्ने विशिष्ट भावका साथ सधै क्रियाशिल रहने असल र उदाहरणीय ड्राइभर हुन्’ नेपाल एम्बुलेन्स सर्भिसका कर्मचारीहरुको टिप्पणी छ ।
………………………………………….

नेपालमा कोरोना कहर शुरु हुनु केही अघि मात्रै नेपाल एम्बुलेन्स सर्भिसमा एम्बुलेन्स ड्राइभरको रुपमा नियुक्ती लिएका थिए । नियुक्ती लिए लगत्तै केही दिनको तालीममा सहभागी भए । तालीम पछिको पहिलो सर्भिसको रुपमा उनले कोरोना पछि चीनको बुहानबाट उद्धार गरि नेपाल ल्याइएका नेपाली विद्यार्थीहरुको क्वारेन्टिनमा लैजाने कार्यमा सहभागी भए । त्यस यता आजको दिनसम्म कोभिड – १९ का बिरामीहरुको सेवामा निरन्तर सक्रिय रुपमा क्रियाशिल रहेका छन् ।


…………………………………………

दिनमा लामो समय पीपीई लगाएर काम गर्दा वा कहिलेकाँही चार पाँच तल्ला माथिबाट स्ट्रेचरमा हालेर एम्बुलेन्ससम्म पु¥याउँदा हुने शारीरिक थकान हुने भएपनि आफ्नो जिम्मेवारी र दायित्वका कारण मस्तिष्कमा कुनै खालको थकान महसुस नहुने आत्मविश्वास प्रकट गर्छन् ।

कोरोना महामारी सुरु भएयता घर घर टोलटोल बिरामी बोक्न पुगेका बमबहादुरलाई हिजोआज हामीमा नेपाली पन विस्तारै स्खलित हुँदै गएको हो कि भन्ने लागेको छ ।

संक्रमितलाई परिवारका सदस्य तथा आफन्तले गरेको व्यवहारले उनी नेपालीहरुमा नेपाली पन रिती रिवाज तथा संस्कारमै ह्रास आउन थालेको महशुस गरेका छन् । उनी भन्छन्, ‘कहिलेकाँही त बिरामीलाई आफ्नो परिवारले गरेको असहिष्णु व्यवहार देख्दा मुटु भक्कानिएर आउँछ ।’
…………………………………………………

कोभिड – १९ को महामारीको दोस्रो लहर उत्र्कषमा पुग्दा कहिलेकाँही एउटा अस्पतालबाट अर्को अस्पताल चाहार्नु पर्दा र सोही क्रममा बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुँदा बमबहादुरलाई निकै ग्लानि र आक्रोश पैदा हुने गर्दछ । तर यस्तो बेलामा आत्तिएर भन्दा सम्हालिएर काम गर्नुपर्छ भनेर बढो होसियारीपूर्वक निर्णय लिन्छन् । उनीसंगै एम्बुलेन्समा हिड्ने इमरजेन्सी मेडिकल टेक्सिसियन प्यारामेडिक्सको बुझाई छ । उनीहरु भन्छन, ‘बमबहादुर यति अनुभवी र कुशल चालक हुन् कि तत्काल अवस्था गम्भीर भएपनि सम्हालिन्छन र हामीलाई समेत हौसला प्रदान गर्दछन् ।’
…………………………………………….

अहिले बमहादुरलाई अर्को चिन्ता छ । ‘कोभिड संक्रमण बढेसंगै अन्य कडा रोग लागेका बिरामीहरु अस्पताल नगई घरमै बसेका छन् । उनीहरुको रोग झनै छिप्पिएर झनै जटिल बन्ने त होइन,’ चिन्ताभाव प्रकट गर्छन् । परिवारमा दुई छोरी र श्रीमती रहेका बमबहादुरलाई असल चालकको रुपमा आफ्नो कर्तव्य निभाउने र बिरामीको सेवामा निरन्तर लाग्ने बताउँछन् ।

‘अस्पताल पु¥याएपछि त त्यहाँका डाक्टर नर्सहरुले हेरिहाल्नु हुन्छ । घरबाट निकालेर त्यहाँ पुग्ने बेलासम्म त बिरामीको जिम्मा एम्बुलेन्स ड्राइभरको हुने भयो । त्यसबेला निकै चनाखो हुनुपर्छ । सकेसम्म छिटो र सुरक्षित ढंगले पुरयाउनुपर्छ,’ उनले भने ।

मदन भण्डारी राष्ट्रिय पुरस्कार पाएपछि उनले आफ्नो काधमा थप जिम्मेवारी थपिएको बताए । ‘यो प्रतिको विश्वास र सम्मान हो । यसलाई बर्करार राख्नु मेरो दायित्व हो । त्यसका लागि मैले अझ राम्ररी काम गर्नुपर्छ भन्ने बुझेको छु,’ गुरुङले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *