हुम्लाको गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे

152
Shares

हुम्ला, ३१ जेठ । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका-२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ।

गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य चौकी नभएको बताइएको छ। गल्फागाड गाउँका नागरिकलाई बिरामी हुँदा गाउँमा स्वास्थ्यचौकी नभएर एक घण्टाको पैदल हिँडेर पालिका केन्द्र श्रीनगरमा रहेको स्वास्थ्यचौकीमा पुग्नु पर्ने बाध्यता छ।

स्वास्थ्यमा सामान्य खराबी आए पनि नजिकमा स्वास्थ्यचौकी नहुँँदा यहाँका नागरिकले समयमै उपचार नपाउने गरेको सिंह भण्डारीले बताए। सिटामोलसमेत समयमै नपाउनुका साथै वृद्धवृद्धा बिरामी हुँदा थप समस्या हुने र उपचार गर्न लैजान पनि गाह्रो हुने गरेको उनले बताए।

यता गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराका अनुसार आफूलाई अहिलेसम्म गल्फागाड गाउँमा बिरामी भएको खबर नआएको बताए। गाउँमा बिरामी भएको खबर आएको खण्डमा स्वास्थ्यकर्मी जाने अन्यथा नजाने उनको भनाइ थियो। गल्फागाड गाउँमा करिब ३० घरधुरी छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *