कोभिड महामारीमा अस्पताल व्यवस्थापन कसरी गर्ने ? डा.भोजराज अधिकारीको अनुभव र सुझाव

डा.भोजराज अधिकारी

#Covid को पहिलो लहर पछि करिब करिब खाली भैसकेर पुन: पहिलेकै अवस्थामा आफ्नो सेवा नियमित गर्न थालिसकेको भरतपुर अस्पतालमा अब critical care सेवा दिने थप #Icu सहित #200 bed covid-19 लाई छुट्टयाउने निर्णय सहित तयारीमा हामी छौं।

#दिनमा 100 फोन ……. बेड खाली छ ? विशेष त ICU छ ?  भनेर,  बाँके, दाङ, सल्यान, प्युठान, रुपन्देही, मकवानपुर र पर्सा लगायत २२ जिल्लाबाट तारन्तार फोन आउँछ ।  जबकी सत प्रतिशत बेड भरिएका छन् । बेड खाली हुनका लागि कि बिरामी तत्काल ठिक हुनु परयो कि त मृत्यु हुनुपरयो ।

#त्यति टाढाबाट ल्याउन बेड खाली छ भनियो भने आधि घन्टा मा नजिकका तीन एम्बुलेन्स बेड ढुकेर अस्पतालको गेट मा पहिल्यै हुन्छन् , कसरी खाली छ भन्नू ? अन्धाधुन्ध ल्याउन भने पनि बाटो मै बिचल्ली वा आएर अलपत्र!!

#सेवा क्षमता बढाउँ, अक्सिजन पहिला भन्दा ६ गुना माग बढ्यो तर पाउने स्रोत उहीँ छ।

#एउटै परिवारको ICU मा एक जना HDU मा एक जना, General Bed मा एक जना र एक जना घर मै अक्सिजन मा समेत छ, घरको एउटा सदस्यको मृत्यु हुन्छ अर्को त्यै रोग ले भर्ना भएको सदस्य लाई कसरी भन्नू?? दर्दनाक पीडा छ।

#सेवा लिन आउने बिरामी पनि ज्वरो खोकी छ, रगत को रिपोर्ट बोकेर आएको छ, हेर्दै जाँदा  PCR को रेपोर्ट पनि #Positive त्यसैमा छ तर म #Covid Positive हो, भन्नुहुन्न।

अस्पताल नछिर्दै बाटो मा Report बोकेर बाटो छेक्नुहुन्छ, Covid Positive नै हुनुहुन्छ।

#यो समुदायमा  यतिसम्म भिजेको रोगको मुख्य चरम अबधी अझ 2 – 3 हप्तामा आउने देखिन्छ।

उसो भए अब के गर्ने त ?
समाधान को लागि ……….

#PCR Positive आउनासाथ Report सङगै #Homeisolation ठेगानाको नजिक को एक स्वास्थकर्मी र एक doctor को नाम पनि बिरामीले पाउने र आफ्नो Covid course भरी उनिहरु सङग बिरामी परामर्स मा रहने, लक्षण  आए उनिहरुकै समन्बय मा अस्पताल पठाउने, यसको समन्वय पालिकाहरुले गर्ने ।

#पालिका अन्तर्गत का स्वास्थ्यका स्थायी संरचनामा अक्सिजनसहित को प्राविधिक सेवा थप गरि पालिकास्तरिय mild to moderate बिरामी राख्ने

#covidisolation centre बनाइहाल्ने। त्यहा गम्भीर भए ठुला अस्पताल सङग refer mechanism मिलाउने।

#तत्काल covid उपचार गर्ने अस्पताल हरुको 1-1 घन्टा मा update हुने #realtime bed occupancy(बेड खाली भए नभएको) हेर्न मिल्ने mechaanism बनाउने र सो लाई प्रहरी को 100 जस्तै एउटा नम्बर राखेर

#callcentre मार्फत बेड बारे बुझ्ने र सोही अस्पताल सङग समन्बय गरेर मात्र अस्पताल आउने गर्दा अलमल र transfer मा समय loss हुँदैन ।
#अस्पताल को maximum क्षमता मा भएका ventilator, HFNC, oxygen cylinder र आवश्यकता सहित को स्वेतपत्र जारी गरि त्यसको ब्यबस्थापन को समन्बय जिल्ला प्रशासन ले गर्ने।

#मृत्यु भएका हरुको हप्तामा कारण सहित को Mortaality audit गर्ने।

#राम्रो हुँदै गएर अक्सिजन लाउन नपरेपनी 10 दिन मा PCR  पर्खेका वा दोहोराएर PCR गर्दा फेरि positive आएर घर जान नमान्ने लाई योगा लगायत बैकल्पिक centre जस्तै : बागेस्वरी, लगेर मनोबल बढाउने, जस्ले गर्दा अस्पताल को बेड छिटो खाली हुन सघाउ पुग्छ।

र,

#मुख्य कुरा यस्तो माहामारी मा ज्यान जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीहरु लाई हतोत्साही र मानमर्दन हुने काम कतै बाट नहुनुपर्ने,, सकिन्छ, जोखिम भत्ता लगायत बिमासहित को राहत package राख्ने।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *