‘म आज आइसोलेसनमा बसेर कविता कोर्दैछु’

2.7k
Shares
  • अनिश श्रेष्ठ

– अनिश श्रेष्ठ

म आज आइसोलेसनमा बसेर कविता कोर्दैछु ।
(म हेर्दैछु मेरा साथीहरु गर्मीमा भोको पेट खटिईरहेको
म देख्दैछु मेरा साथीहरु लखतरान परेर लडिरहेको) -२

ज्यान भन्दा सेवा ठूलो सायद
परिवार भन्दा बिरामी आफ्नो सादय
( म नियाल्दैछु स्वास्थ्य प्रणाली सिथिलिएको ) – २
( म आज आइसोलेसनमा बसेर कलम चलाउँदैछु)

( सुन्दैछु समाचार संक्रमित बढीरहेको
म बुझ्दैछु सरकार राजनीतिमै अल्मलिईरहेको) -२

खोपको सट्टा भोट किनिने मेरो देशमा
चोटको सट्टा नोट हेरिने मेरो देशमा
(म देख्दैछु कमिसनकै लागि कालोबजारी बढी रहेको) -२
म आज आइसोलेसनमा बसेर कविता कोर्दैछु)

( म देख्दैछु विपद्को घडीमा बिरामी छट्पटीरहेको
म हेर्दैछु चुनौतिका चाङहरु थपिईरहेको) -२
चाहिने औषधि चैं पाइन्न यहाँ
स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिईन्न यहाँ

( म कुर्दैछु कोरोना रहित सुनौलो विहानीको) – २
( म आइसोलेसनमा बसेर कविता कोर्दैछु )

# श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका फार्मेसी प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *