लुम्बिनीको स्वास्थ्य तथा जनसंख्या मन्त्री बने हरि रिजाल

948
Shares
हरि रिजाल

काठमाडौँ, १९ मंसिर । लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाल बनेका छन् ।

बहुमतको आधारमा नेकपा एमालका तर्फबाट मुख्य मन्त्रीको रुपमा शंकर पोखरेलले नियुक्ति पाएसंगै मन्त्रिपरिषद विस्तार गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी प्युठानका सांसद हरि रिजाललाई दिइएको हो ।

नव नियुक्त स्वास्थ्य मन्त्री रिजालले आजै बेलुका पद तथा गोपनियताको लिईसकेका छन् ।

रिजाल गत निर्वाचनमा प्युठान क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन् ।

कोरोनाको हटस्पट बनेको लुम्बिनीमा गत साता सामाजिक विकास मन्त्रालय टुक्राएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थापना गरिएको थियो ।

सो मन्त्रालयमा स्वास्थ्य सचिवको जिम्मेवारी पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहकै डाक्टर विकास देवकोटालाई दिईएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *