खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण

148
Shares
मणिचन्द्र थापा, मन्त्री – खानेपानी तथा सरसफाइ

काठमाडौं, १७ बैशाख । खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को संक्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज शुक्रबार बिहान सङ्क्रमण पुष्टि भएको स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई सङ्क्रमण भएपछि उनको हिजो स्वाब सङ्कलन गरिएको थियो। छोरीलाई चार दिनअघि सङ्क्रमण भएको थियो।

मन्त्रीसहित सचिवालयमा काम गर्ने १० जनाको पिसिआर परीक्षण गर्दा कसैलाई सङ्क्रमण देखिएन। सङ्क्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुरस्थित मन्त्री निवास पुल्चोक आराम गरिरहेको उनका स्वकीय सचिव गौतमले जानकारी दिए।

उनका अनुसार मन्त्री थापालाई अहिले सामान्य रुघाखोकी लागेको छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई सङ्क्रमण भएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *