प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौँ, १५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।
शरीरमा सोडियमको मात्रा कम भएपछि दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको हो। र अहिले अवस्था स्थिर नै रहेको प्रचण्डको सचिवालयले जनाएको छ।
उनी लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगबाट पीडित छिन्। जसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी भनिन्छ। उनलाई उपचारका लागि अमेरिका, सिंगापुर लगायत पछिल्लो समय भारत पनि लगिएको थियो । ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



