भेरी अस्पतालमा ८१ नमुना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण

152
Shares


नेपालगञ्ज, ५ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा बितेको चौबिस घण्टामा थप ७५ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतवार ८१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा ७५ जना अर्थात ९०.६ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो । यसअघि हिजो शनिवार १९० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा १०६ जनाको पोजेटिभ देखिएको थियो ।

अस्पतालका अनुसार यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले पोजेटिभ रेट यति उच्च आएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *