पछिल्लो २४ घण्टामा थपिए ३६७ जना कोरोना संक्रमित, १४१ डिस्चार्ज

208
Shares

काठमाडौँ, २९ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप ३ सय ६७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा १ सय ४१ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना गरी १५४ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार १२५ जनाको पीसीआर  नमुना परीक्षणका क्रममा  ३ सय ३  जनाको र ६ सय ९० एन्टीजेन परीक्षणका क्रममा  ६४ जना गरी थप ३६७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९२ पुगेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ रहेको छ । क्वारेनटिनमा ८३ जना रहेका छन् । गएको चौबिस घण्टामा थप १ जना संक्रमितको मृत्यु भएके छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *