राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी मोहम्मद दाउदलाई

13.1k
Shares

काठमाडौँ, २३ चैत । टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी मोहम्मद दाउदले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज मन्त्रीस्तरीय निर्णय गर्दै  एघारौँ तहका दाउदलाई सो जिम्मेवारी दिएका हुन् । तालिम केन्द्रको जिम्मेवारी सम्हालेका एघारौँ तहका डा यदुचन्द्र घिमिरेलाई हेटौडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा पठाइएको छ ।

दाउद र घिमिरेको दरबन्दी अहिलेकै स्थानमा भएपनि तत्कालिन मन्त्री भानुभक्त ढकालले ८ फागुन २०७६ मा काम काज गर्ने गरी जिम्मेवारी परिवर्तन गरेका थिए ।

‘मेरो दरबन्दी तालिम केन्द्रमा थियो । घिमिरे जी को किटजन्य रोग अनुसन्धान केन्द्रमा थियो तर गतवर्ष काजमा जिम्मेवारी परिवर्तन गरियो । आज त्यहि काज फिर्ता भएको पत्र पाएँ । अब तालिम केन्द्रको जिम्मेवारी सम्हाल्नेछु,’ दाउदले भने ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *