काठमाडौँमा बायु प्रदूषण उच्च भएपछि स्वास्थ्यले जारी गर्‍यो पाँच बुँदे अपिल

1.2k
Shares

काठमाडौँ, १३ चैत । काठमाडौँको बायूप्रदुषणले खतराको तह नाघे पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सावधानी अपनाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार अपरान्ह ५ बुँदे अपिल जारी गर्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको अपिलमा सकेसम्म घरवाहिर ननिस्कन, व्यायम समेत घर भित्रै बसेर गर्न भनिएको छ । यस्तै घरबाहिर निस्कादा अनिवार्य मास्कको प्रयोग गर्न । फोहर हरु नजलाउन । धुलो धुवा उडने खालका पेशा व्यावसाय निर्माण कार्यलाई केही दिन स्थगित गर्न समेत भनिएको छ ।

मन्त्रालयले अत्यावश्यक नभई सवारी साधन नचलाउन समेत भनेको छ । मन्त्रालयले उपत्यकामा देखिएको यो प्रकारको बायूप्रदषणले स्वासप्रश्वासमा समस्या पार्ने बताएको छ । शुक्रबार दिउसो देखि प्रदुशीत हावाले आँखा पिरो हुने समस्या देखिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *