स्तन क्यान्सर पहिचानका लागि बीआरसीए जीन परीक्षणको महत्व

स्तनका कोषहरु असामान्य रुपमा बृद्धिहुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । साधारणतया कोषहरुको बृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर जब शीघ्र रुपमा र धेरै मात्रामा कोषहरु बृद्धि र विभाजन हुन्छन् पुराना कोषहरु टाँसिएर रहन्छन् । तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया शुरु हुन्छ । स्तनमा भएका कोष कोषिकामा असामान्य परिवर्तन आई तिनिहरुको अनियन्त्रित तथा अनावश्यक बृद्धिबाट बन्ने गिर्खा गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।

ट्युमर क्यान्सर नहुने वा हुने दुबै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिको ट्युमरले नजिकका तन्तु तथा अवयवहरु नष्ट गर्दछ । ती ट्युमर शरीरको अन्य भागमा फैलिन सक्छ । शल्यक्रिया गरेर हटाए पनि फेरी उत्पन्न हुनसक्छ र धेरै खतरनाक हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हडडी कलेजो फोक्सो तथा मस्तिस्कमा पनि ट्युमर हुनसक्छ ।

बंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिदैन तथापी सन्तुलित आहारबिहार र स्वस्थ जीवन शैलीले क्यान्सर हुने सम्भावनालाई न्युनिकरण गर्न सकिन्छ ।

सकभर विकिरणबाट बच्ने, नियमित व्यायम गर्ने , चिल्लोयुक्त खाना कम खाने, धूमपान तथा मध्येपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिन्छ । स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने,समयमै यसको निदान तथा उपचार गर्ने हो ।

निम्न उमेरमा परीक्षण गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ ।

२० बर्षसम्मको उमेरमा : परिवर्तनको लक्षण थाहा पाउन महिनाको एक पटक आफैले आफ्नो स्तन परीक्षण गर्ने ।
२० देखि ३९ बर्षको उमेरमा : प्रत्येक तीन बर्षमा चिकित्सकद्धारा स्तन परीक्षण गराउने ।
४० देखि ४९ बर्षको उमेरमा : प्रत्येक एक दुई बर्षको अन्तरालमा म्यामोग्राफ गर्ने ।
५० बर्ष र तत पश्चात प्रत्येक बर्ष म्यामोग्राफ गर्ने ।

लक्षणहरु : 
स्तन क्यासरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरु देखिदैनन् । क्यान्सर बढ्दै गएपछि निम्नअनुसारको लक्षणहरु देखापर्न थाल्छ ।
स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।

स्तन वा स्तनको मुन्टोको आकार प्रकार परिवर्तन हुनु । जस्तै रातोपना चाउरिएकोजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरिपरिको छालामा कत्ला निस्केको वा सुन्निएको ।

  • स्तनबाट दुधबाहेकको तरल पदार्थ जस्तै रातो सफा वा पहेलो हरियो वा पीप जस्तो आउनु ।
  • स्तनको मुन्टो दुख्नु ।
  • स्तनमा निको नहुने घाउ हुनु ।
  • गम्भीर अवसथमा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घटनु,
  • सबै गिर्खाहर क्यान्सर होइनन् । दशमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।

परीक्षण गर्ने विधि
विधि : नेक्स्ट जेनेरेशन सिक्वान्सिङ (एनजीएस)
नमूना आवश्यक : रगत /तन्तु
संकलन कन्टेनर/ ट्युव  : इडीटीए भाइल
नमूना भोल्युम : २ – ३ एमएल

बीआरसीए १ र बीआरसीए २ जीनहरु परीक्षण एउटा रक्त परीक्षण हो । यी जीनहरुमा बंशाणुगत म्युटेशन भएका महिलाहरुलाई सामान्य जनसंख्याको तुलनामा स्तन क्यान्सर हुने खतरा बढी हुन्छ ।

बीआरसीए जीन परीक्षण व्यक्तिगत वा पारिवारिक इतिहासमा आधारित वा कुनै खास प्रकारको स्तन क्यान्सर भएका व्यक्तिहरुलाई मात्र दिईन्छ ।

बीआरसीए जीन परीक्षण गर्दा तपाईँले बंशाणुगत रुपमा बीआरसीए म्युटेशन गर्नुहुन्छ कि बोक्नुहुन्छ भन्ने कुरा निर्धारण गर्छ । यसो गर्नुभयो भने तपाईँको नतिजा सकारात्मक हुन्छ र डाक्टरले तपाईँलाई क्यान्सरको खतरा बुझ्न मद्धत गर्न सक्छन् । यदि तपाईलाई म्युटेशन छैन भने यसलाई नकारात्मक परिणाम मानिन्छ ।

उपयोग
बीआरसीए जनी परीक्षण एउटा रक्त परीषण विधि हो । यी जीनहरुमा म्युटेशन हुने व्यक्तिहरुलाई सामान्य जनसंख्याको तुलनामा स्तन क्यान्सर हुने खतरा बढी हुन्छ ।

स्तन क्यान्सर व्यक्तिगत वा पारिवारिक इतिहासमा आधारित बंशाणुगत म्युटेशन हुने सम्भावना भएकाहरुलाई यी जीन परीक्षण गरिन्छ ।

बीआरसीए जीन परीक्षण नियमित रुपमा स्तर क्यान्सरको औषत जोखिम भएका व्यक्तिहरलाई गर्ने गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *