‘कोभिसिल्ड’ खोपले कसै कसैलाई यस्तो असर देखिन सक्छ है

48
Shares

काठमाडौँ, २४ फागुन । सरकारले हिजो देखि दोस्रो प्राथमिकतामा परेकाहरुको पहिलो चरणको खोप कार्यक्रम शुरु गरेको छ । यस अन्तरगर्त अहिले ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिन शुरु गरिएको छ । हिजो पहिलो दिन नै १ लाख ६५ हजार बढीले कोभिसिल्ड लगाएका छन् ।

यो खोप लगाउँदा कसै कसैलाई सामान्य असर (एईएफआई) देखिन सक्छ । ती असरहरु यसप्रकार छन् :
क) सामान्य असर
१. सुई लगाएको ठाँउमा दुख्ने, सुन्निने, रातो हुने ।
२. थकाई र आलस्य महशुस हुने
३. ज्वरो आउने, टाउको दुख्ने
४. वाकवाकी हुने, बान्ता आउने
५. मांसपेसी वा जोर्नी दुख्ने
६. फ्लुको जस्तो लक्षण देखिने
यस्ता सामान्य किसिमका असरहरुले खोप लिने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्दैनन् र यो विस्तारै आफै कम भएर जाने हुन्छ ।
ख) गम्भीर असर
१. सबै खोपहरु सुरक्षित हुन्छन् । यद्धपी खोपबाट बिरलै मात्र हुने असरको रुपमा गम्भीर एलर्जी (एनाफाईलाक्सिस) हुनसक्छ ।
२. यो गम्भीर प्रकारको असर हो, जसलाई एलर्जिक प्रक्रिक्रिया भनिन्छ । यस प्रकारको असर देखा परेमा यसको तत्कालै उपचार र व्यवस्थापन गर्नुपर्दछ ।
३. प्रत्येक खोप केन्द्रमा पूर्व तयारी एनाफाईलेक्सिस व्यवस्थापन गर्न पूर्व तयारी गरिएको छ ।

यो खोप कसलाई नदिने ?
१. १८ बर्ष मुनिका बालबालिकाहरुलाई
२. गर्भवती महिला
३. यस खोपको पहिलो मात्रा पछि गम्भीर एलर्जी (एनाफाइलेक्सिस) भएमा
४. यस भन्दा अघि अरु कुनै खोप, इन्जेक्टेवल थेरापी, फुड आइटम, फार्मास्युटिकल्स प्रडक्टले गम्भीर एलर्जी भएमा ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *