तपाईँको दिनचर्या कसरी शुरु हुन्छ ? राम्रो गराउन यसो गरौँ

224
Shares

हामीले दिनभरीमा गर्ने क्रियाकलापलाई दिनचर्या भनिन्छ । हाम्रा यस्ता क्रियाकलापलाई निश्चित ढाँचामा मिलाएर परिपालन गर्नाले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ तथा नैतिक रुपमा बलवान हुनसक्दछ । आयुर्वेदले भन्छ स्वस्थ दिनचर्यालाई हामीले यसरी सुरु गर्न सक्दछौँ ।

१. हरेक दिन ब्राम्हामुहुर्त (सूर्योदय हुनुभन्दा ४५ मिनेट अगाडि) उठने ।
२. ईश्वरको स्मरण गर्दै मन मस्तिस्कलार्य सकारात्मक बनाउने ।
३. १ गिलास (२०० देखि २५० मिलिलिटर) सफा र शुद्ध पानी पिउने ।
४.  त्यसपछि शौचादि ( दिसा पिसाव) गर्ने ।
५. दाँत माझ्ने तथा मुख धुने ।
६. योगाभ्यास तथा ध्यान (मेडिटेसन) गर्ने ।
७. मौसम अनुसार पानीको तापक्रम मिलाएर स्नान गर्ने ।
८. दूध तथा मौसम अनुसारका फलफुलको हल्का खाजा खाने ।
९. यो समयमा अध्ययन गरेको विषय लामो समयसम्म स्मरणमा रहीरहने भएकोले २ ३ घण्टा नियमित अध्ययन गर्नु राम्रो हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *