काठमाडौँ उपत्यकामा शनिवार थपिए १९४ जना कोरोना संक्रमित

काठमाडौँ, २५ पुस। काठमाडौँ उपत्यकामा शनिवार थप १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ९१ महिला र १०३ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५३, ललितपुरमा २३ र भक्तपुरमा १८ जना गरी १९४ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज थप ४ हजार २८६ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ६९९ जना डिस्चार्ज भएका छन्। थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १८६ र भेन्टीलेटरमा ३८ जना उपचाररत छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



