देशभर थप ७१० जनामा कोरोना संक्रमण, ११७५ जना संक्रमणमुक्त

120
Shares

काठमाडौँ, ४ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार १७५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ७ सय १० जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ६६ हजार २१० पीसीआर नमुना परीक्षण भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *