स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई रू ८ हजार ८ सय

1.9k
Shares

दोलखा, ४ पुस । नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ । आर्थिक वर्ष २०७७-०७८ को शुरुदेखि नै गाउँँपालिकाले सङ्घीय सरकारले प्रदान गर्ने रु तीन हजार ८०० मा रु पाँच हजार थप गरेर सो रकम दिने गरेको हो ।

सुत्केरी स्याहार खर्च र सुत्केरी पोषण खर्चका नाममा पालिकाका सबै वडामा सो रकम वितरण गरिँदै आएको छ । हालसम्ममा १०० जनालाई वितरण गरिएको गाउँँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

सुरक्षितरूपमा शिशु जन्माएर बालमृत्युदर र मातृ मृत्युदर कम गर्ने उद्देश्यले जिल्लामै यो नमुना नमुना काम सो गाउँँपालिकाले गर्दै आएको छ ।

मृतकको घरमै किरिया खर्च

उक्त गाउँँपालिकाभित्र जुनसुकै कारणले मृत्यु भएकाका परिवारलाई तत्काल रु पाँच हजार दिने गरेको छ । वडा सचिवमार्फत आफ्नो क्षेत्रभित्र मृत्यु भएका परिवारलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले घरमै पु¥याइदिने गरेको हो ।

समाजलाई समाजिक रूपान्तरण गर्ने कुराको महशुस गर्दै गाउँँपालिकाले छैटौँ गाउँँसभा अधिवेशनबाट सो रकम दिइँदै आएको अध्यक्ष श्रेष्ठले बताए ।

आव २०७७÷७८ बजेट नीति तथा कार्यक्रममा किरिया खर्चका लागि रु पाँच लाख र सुत्केरी पोषण खर्चका लागि रु पाँच लाख विनियोजन गरेकामा यसले नपुग्ने देखिएकाले आगामी हिउँदे अधिवेशनबाट रु पाँच-पाँच लाख थप गर्ने गाउँँपालिकाले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *