स्वास्थ्यले भन्यो – ‘७२ प्रतिशत नागरिकलाई खोप उपलव्ध गराउने तयारीमा छौँ’

काठमाडौँ, ३० मंसिर ।  सरकारले ७२ प्रतिशत नागरिकलाई खोप उपलव्ध गराउने गरी तयारी अघि बढेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप उपलव्ध गराउने तयारीबारे विज्ञप्ती मार्फत जानकारी दिदै ७२ जतनालाई खोप उपलव्ध गराउने गरी तयारी अघि बढेको बताएको हो ।

अहिलेसम्म विश्वमा बनाइएका कोरोनाबिरुद्धका सबै खोप १४ बर्ष माथिका उमेर समूहलाई लक्षित गरि बनाइएको छ । नेपालमा १४ बर्ष माथि उमेर समूहको जनसंख्या ७२ प्रतिशत मात्रै छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले द्रुत गतिमा खोप ल्याउनका लागि आठ वटा छुट्टा छु्टै कार्यदल बनिसकेको र त्यसले आवश्यक काम अघि बढाईरहरेको बताए । उनले कोभिड खोप उपलव्धताका लागि कोभ्याक्स एसोसिएट्स मार्फत आवश्यक समन्वय समेत गरिरहेको बताए ।

कोभ्याक्स एसोसिएट्सले कुल जनसंख्याको २० प्रतिशतलाई खोप दिने बताइएको छ । त्यसमा पनि पहिलो चरणमा ३ प्रतिशत फ्रन्टलाइन वर्करलाई दिइने गरी उपलव्ध गराईने जानकारी दिइएको थियो । तर यो खोप कहिले आउने हो र साच्चिकै आउने हो कि होइन भन्नेमा मन्त्रालयका अधिकारीहरु अहिले पनि विस्वस्त भइसकेका छैनन् ।

त्यसो त यसअघि नै सरकारले खोप उत्पादन गर्ने राष्ट्रहरुलाई यसअघि नै कुटनीतिक नोट पठाइएको छ । अव पुन खोपमा सहयोग गर्नुहोस भन्दै पत्र पठाउने योजनामा लागेको छ ।

कोभ्याक्सले उपलव्ध गराउने खोपको तयारी कहाँ पुग्यो ?

बेलायत, रसिया, अमेरिकाले कोभिड विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । बहराइन, साउदी अरेविया, क्यानडा जस्ता देशहरुमा पनि निकट भविस्यमै खोप लगाउने तयारी छ ।

भारतले पनि अर्को साता देखि आफ्नै देशमा उत्पादित सिरम इन्स्टिच्युटको खोप लगाउन अनुमति दिदै छ । तर कोभ्याक्सको आसामा बसेको नेपालले खोप कहिले प्राप्त गर्छ भन्ने अझै टुंगो लागेको छैन् ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतम कोभ्याक्सले अहिले परीक्षणमै रहेका विभिन्न खोप उत्पादन गर्ने कम्पनीबाट तत्कालका लागि २ अर्व मात्रा उपलव्ध गराउन सम्झौँता गरिककेको बताए ।

तर त्यसरी सम्झौँता गरिसकेको कम्पनीले परीक्षण सम्पन्न भयो र खोप ठिक छ भनि सकेको अवस्था छैन् । त्यसैले गर्दा पनि ढिलाई भएको हो ।

कोभ्याक्सले एस्ट्राजेनेका, सिनोफी, मोर्डना, नोभाभ्याक्स, सिरम लगायतका कम्पनीसंग सम्झौँता गरेको छ । ती कम्पनीका खोप लगाउन योग्य हुनासाथ कोभ्याक्सले विश्वभर वितरणको व्यवस्था गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *