‘नखोल्न भनिएका सेवाहरु अझै पन्ध्र दिन बन्द गरौँ’

980
Shares

काठमाडौँ, १७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीपछि सञ्चालनमा निषेध गरिएका सेवा तथा व्यवसाय तथा कार्यहरुलाई अझै १५ दिन यथावत राख्नुपर्ने बताएको छ ।

मन्त्रालयको आइसीएस कमाण्डको बैठकले आगामी १५ दिनको जोखिमको अवस्था हेरेर आवश्यक निर्णय लिइने भन्दै त्यतिन्जेलसम्मका लागि कडाईका साथ तोकिएको मापदण्ड पालना गर्न समेत आग्रह गरेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

अहिलेपनि सिनेमा घर, रात्रीकालिन व्यवसाय, सभा सम्मेलनहरु गर्न, विद्यालय सञ्चालन लगायतका कार्यहरु गर्न निषेध भइरहेका छन् । व्यवसायीहरुले संक्रमण घट्दोक्रम रहेको भन्दै अव सञ्चालनमा ल्याउने तयारीमा लागेको बताएका छन् । प्रवक्ता डा गौतमले अझै १५ दिन नखोल्न भनिएका सेवा तथा व्यवसायलाई कडाईका साथ बन्द गरी निर्देशन पालना गर्न आग्रह गरेको छ ।

डा गौतमले मंसिर महिनापछि विद्यालय खोल्ने कुरा भईरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा लागू गरि कम विद्यार्थीहरु भएको ठाउँमा सञ्चालन गर्न सकिने निर्णय भएको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *