‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकाको कोरोना परीक्षण अब एन्टीजेनबाट

काठमाडौँ, २८ कात्तिक । कोरोना संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ परेका व्यक्तिहरुको जाँच अब एन्टीजेनमा आधारित प्रविधिबाट गरिने भएको छ । कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने योजनामा लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो परीक्षण विधि मा पीसीआरसंगै एन्टीजेन समेत थप गर्न लागेको हो ।

‘एक त यो पद्धती छिटो र सरल छ । रिपोर्ट आउन एक घण्टा पनि लाग्दैन् । एकैपटक ठूलो मासमा गएर परीक्षण गर्न सक्छि । पीसीआर ७५ प्रतिशत प्रभावकारी हो भने यसको पू्रभावकारिता ८० प्रतिशत बढी हो । अर्को कुरा मान्छेले श्वाव दिएर रिपोर्ट नआउँदासम्म छुट्टै बस्न भनिए पनि नबस्ने गरेको पाइयो । त्यसका लागि पनि यो विधि बढी प्रभावकारी हुने देखियो । अब हामीले त्यसैको तयारीमा लागेका छौँ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने ।

उनले तिहार लगत्तै एक लाख थान एन्टीजेन किट आउने र त्यसपछि परीक्षण शुरु गर्ने योजना रहेको बताए । एक लाख थान किट युनिसेफको सहयोगमा आउन लागेको हो ।

यसअघि असोजको दोस्रो सातामै सरकारले कोभिड १९ को परीक्षण सम्वन्धी मापदण्डमा संसोधन गरी एन्टीजेनमा आधारित परीक्षण विधिलाई पनि मान्यता दिई सञ्चालनमा ल्याउने बताएको थियो । ।

‘नेशनल टेष्टिङ गाइडलाइन फर कोभिड (१९’ मा चौथो संसोधन गर्दैै यो नयाँ विधिबाट समेत कोरोना परीक्षण गर्न लागेको जनाएको थियो । संसोधित मापदण्ड अनुसार एन्टीजेनको किट तथा रिएजेन्टहरु एफडीए र ईयुएले मान्यता दिएको वा स्वास्थ्य सेवा विभागबाट स्विकृति प्राप्त हुनुपर्नेछ ।

यस विधिमा पोजेटिभ आएकोहरुलाई पोजेटिभ र नेगेटिभ आएकोहरुको हकमा नेटेटिभ नै मान्ने, यदि लक्षण भएर पनि रिपोर्ट नेटेटिभ आएमा पीसीआर गर्ने र त्यसमा पनि नेगेटिभ आएमा लक्षण अनुसार अरु उपचारका लागि सिफारिस गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *