काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण

484
Shares

काठमाडौँ, १२ असोज । काठमाडौँ उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ६४९ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा १३२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संख्या आज देशभर थपिएको कुल संक्रमित संख्याको ६०.४७ प्रतिशत हो । आज देशभर १ हजार ३५१ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँ जिल्लाकै संक्रमण देशभर देखिएको संक्रमित संख्याको ४८ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा ७४२ जना कोरोना मुक्त भएका छन् । यसैगरी आज कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।

आजको दिनसम्म देशभर संक्रमित हुनेको संख्या ७४ हजार ७४५ जना रहेका छन् । त्यसमध्ये आजको दिनसम्म संक्रीय केश १९ हजार ६२४ रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *