बच्चा रोएको बेला आमाको स्तन किन रसाउँछ ?

– डा. कृष्णप्रसाद पौडेल, वरिष्ठ बालरोग विशेषज्ञ

– डा. कृष्णप्रसाद पौडेल

सामान्यता बच्चा स्तनपानमा सहभागी भएपछि आमाको स्तनबाट दुध आउँने गर्दछ । तर, कतिपय अवस्थामा बच्चा स्तनपानमा सहभागी नभएका बेलामा पनि आमाको स्तनबाट दुध निस्कन वा स्तन रसाउँछ ।

यस्तो किन हुन्छ ?
स्तनमा दुध आउँनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भुमिका खेल्छ । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को लेटडाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन ।

प्रोल्याक्टिङ हर्मोनले दुध उत्पादन गर्छ । अर्को लेटडाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोनले स्तनमा जम्मा भएको दुधलाई निचोरेर बाहिर निकाल्न मद्धत गर्छ ।

यी दुबै हार्मोनहरु आमाको मस्तिस्कमा आउने सोँच र बच्चाको क्रियाकलापको आधारमा सक्रिय हुने वा निस्कृय हुने काम गर्छ । बच्चाले आमाको दुध चुसेको अवस्था बाहेक पनि कहिलेकाही आमाको स्तनबाट आफै दुध झरेको हुन्छ वा स्तन रसाउछ यस्तो हुनुमा त्यहि प्रोल्याक्टिङ र अक्सिटोसिन हर्मोनको सक्रियताको कारण हो ।

जब आमाको मस्तिस्कले आफ्नो बच्चालाई दुध खुवाउनु पर्ने बेला भयो भनेर मस्तिस्कमा सोच बनाउँछिन उनको मस्तिस्कले प्रोल्याक्टिङ हर्मोनलाई सक्रिय गराई हाल्छ दुध उत्पादन सुरु भइहाल्छ । जम्मा भएको दुधलाई बाहिर पठाउने काम अक्सिटोसिनले गर्छ ।

कस्तो अवस्थामा रसाउँछ ?

सम्झँदा मात्रै होइन बच्चा रोएको आवाजले पनि ती हर्मोनहरु सक्रिय हुन्छन् । बच्चालाई छोडेर टाढा भएको बेला बच्चा भोकायो कि भन्ने सोचेमा, आफूले खाजा वा खानेकुरा खाँदा आफूबाट टाढा भएको बच्चाको बारेमा सम्झेमा पनि स्तनबाट आफसेआफ दुध आउँछ ।

यतिमात्रै होइन आमाले अरु कुनै बच्चाहरुले स्तनपान गरिरहेको देखेर आफ्नो बच्चा सम्झे पनि स्तन रसाउँछ। त्यस्तै बच्चाको कपडा, बच्चाको गन्धले पनि स्तन रसाउछ ।

आमाको सोच बच्चाप्रति जति सकारात्मक हुन्छ , त्यतिनै बढी दुध आउँछ । त्यस्तैगरी जति बढी स्तनपान गरायो उति बढी दुध आउँछ । नवजात शिशुका लागि पहिलो र दोस्रो दिन खासै धेरै दुध चाहिदैन । तर तेस्रो दिन देखी बच्चालाई धेरै मात्रामा दुध चाहिन्छ ।

सामान्यतया नवजात शिशुलाई दैनिक ८ देखी १० पटक सम्म बच्चालाई स्तनपान गराउन पर्छ । नवाजात शिशुको तौल अनुसार दुध आवश्यक पर्छ । सामान्यत जन्मदा तीन किलो तौल भएको शिशुले २४ घण्टामा १८० एमएल आमाको दुध आवश्यक पर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *