कोरोनाबाट थप दुई जनाको मृत्यु, कुल मृत्यु ५१ पुग्यो

पर्सा, १४ साउन । कोरोना भाइरस (कोभिड- १९)बाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पताल र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा विहान ३ बजे मृत्यु भएका ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा विहान १० ४० मा मृत्यु भएका ६८ वर्षीय पुरूषमा कोरोना पोजेटिभ भएको पुष्टि गरे ।

दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। डा उपाध्यायका अनुसार ७० बर्षीय पुरुष पखलाबाट ग्रस्त भएपछि मंगलबार (हिजो) नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।उनी मिर्गौलाका बिरामी समेत हुन् ।

यता गण्डक अस्पतालमा मृत्यु भएका व्यक्ति भने गत ८ साउनमा भर्ना भएका हुन् । मुटुको समस्या भएका उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *