डाक्टरमाथिको दुर्व्यबहार कहिलेसम्म ?

डा. सृष्टि गौतम

टिरिङ टिरिङ…………….. टिरिङ टिरिङ…….. नजिकै रहेको मोबाइल कराउन थाल्यो ।

बिहानको ७ बजिसकेको रहेछ । रातभरीको आइसीयुको नाइट डियूटीबाट बिदा लिएर सुतेको १ घण्टा नबित्दै साथीको फोनले मलाई झस्कायो, आँखा मिच्दै हाइकाट्दै फोन उठाएँ ।

‘सृष्टि तिमिले अनलाइन समाचार हेर्‍यौँ ? गएराति मृत्यु भएको ‘केश’ वालाको आफन्तले डाक्टरको लापरबाही भन्दै … दाई (सिनियर डाक्टर)लाई इमरजेन्सी कक्षमा नराम्रो संग कुटेछन् नि ….!’  सहपाठी साथीले नरोकिई भनि ।

इन्टर्नसिप डिउटी जानुपर्ने म यो सुनेर अक्क न बक्क भएँ । ना जवाफ भएँ । २४ घण्टा डियूटीले लखतरान परेको मेरो ज्यान यो खबरले झनै फत्रक्क गल्यो । एकाएक मेरो मनमा ति अनेकौँ दृश्य परिदृश्य आँखा अगाडि नाच्न थाले । दृश्यले स्वयं आफैँलाई गिज्याइरहेको आभास हुन थाल्यो ।

दिनहुँ बढिरहेको यस्ता कुटपिट र लापरबाहीका अनेकौेै समाचार एका एक आद आए । अनि त्यो दिन पनि याँद आयो जुन दिन म मेरो र आमा बाबाको इच्छामा एमबिबिएस पढ्न कलेज भर्ना भएको थिएँ ।

अनि मैले सम्झें,  भर्ना भएपछि फस्ट सेमेस्टरको पढाई ,   क्लिनिकल क्लास शुरुका दिनहरु ,  अनि इनटर्नसिप सुरु गरेको केही दिन ।

……………………………………………………..

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालेपछि म पनि एक निजी मेडिकल कलेजमा भर्ना भए । जिन्दगीको खासबाट बल्ल शुरु हुँदै थियो । तै पनि मलाई पनि लाग्न थाल्यो अब म पनि डाक्टर हुने भएँ । एमबीबीएस पढने सपना पुरा भइसकेको थियो । डाक्टर बन्ने सपनाको सुरुवात पनि ।

त्यसबेला हामीले काठमाडौँ युनिभर्सिटी ( केयू) मार्फत एबीबीएस पढ्दा ९ वटा सेमेस्टर ४.५ वर्ष लगाएर पढ्नु पर्ने हुन्छ । अनि त्यस पछि एक वर्ष इनटर्नसिप ।

शुरु शुरुमा अचम्मित हुन्थें, यो पढाई त हुँदो रहेछ भन्ने पनि लाग्थ्यो र हुन्थ्ये पनि ।

एनाटोमिममा आफ्नो शरीरको हाड , मासु आंगहरु सबैको बारेमा जान्न पाइने । Physiology  and  biochemistry मा आफ्नो शरीरमा केके भइरहेको छ जान्न पाइने । अनि Microbiology मा किटाणुहरुको कथा Pathology मा रोगको कथा Pharmacology   मा औषधीको नाम अनि काम Community medicine  मा तिनिहरुबााट बच्ने उपाय ।

पढ्दा सम्म रामाइलो लाग्थ्यो यस्तो हुँदो रहेछ हाम्रो शरीरमा भनेर घरमा पनि सुनाइन्थ्यो । आफनो औँला घोचेर रगत निकालेर smear बनाएर Microscop मा RBC, WBC हरु हेर्नुको मज्जानै बेग्लै ।

सबैजना भन्नुहुन्थ्यो तिमीले पढाइमा मिलाएर पढने, मिलाएर बुझ्ने भन्ने हुदैन जे छ त्यो गर । सुरुका दिनहरुमा  Pathology मा Inflammation chapter  पढेको अचम्म लाग्थ्यो । हाम्रो शरीरमा Security हरु WBC त्यसरी काम गर्छन् भनेर सुन्दा यस्तो हुदो रैछ भन्ने कुरा थाहा भयो ।

यसैगरी पढ्दै बुझ्दै सिक्दै गयौँ अनि त्यसपछि इभ्यालुएसनका लागि  बिभिन्न परीक्षा हुने गर्दथ्यौँ । (Test,  Block exam, Semester, Pre board and board exam ) जति पढ्दै गयो त्यति नै धेरै छ जस्तो लाग्थ्यो ।

किताबको चाङ देख्दै ज्वरो आउला जस्तो हुँने । कति हो कति ? पहिले जति नै पढेपनि परीक्षाको बेला एकपल्ट नहेरी केही पनि याद हुदैन जस्तो लाग्थ्यो । पहिले पढेको कुरा पनि परीक्षा अगाडि हेरिएन भने उत्तर कसरी लेखिएला जस्तो लाग्यो तर पुरै पढ्न पनि नसकिने । पढ्न धेरै हुन्थ्यो । परीक्षाको लागि एकदिन ग्याप हुन्थ्यो तर तनाब नै हुन्थ्यो । किनभने त्यो एक दिनमा पढेर कसरी भ्याउने एकपल्ट भएपनि हेर्न भ्याए हुन्थ्यो जस्तो  High level of frustration, more to study…

………………………………………………………….

First year  मा कसरी पढ्ने भनेर सिक्दा सिक्दै समय गयो ।  Second year मा पढ्नुपनैे बिषय धेरै हुन्थ्यो अनि सकाउन गारो पथ्र्यो । जसो तसो परीक्षा दिइयो अनि केही समय पासको पर्खाइमा ।

बेसिक साइन्स २ वर्ष ४ सेमेस्टर पढेर पास भएपछि क्लिनिकलमा ईन्ट्री हुन्छ । अब क्लिनिकल साइन्स शुरु भयो । अब बल्ल हामी बिरामीसंग धेरै समय बिताउने बिरामीबाट सिक्ने मौका पाउँछौ । तेस्रो बर्षमा कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिन, इएनटी, अप्थाल्मोलोजी र चौथो वर्षमा मेडिसिन, डर्माटोलोजी, साइक्याटीक, सर्जरी, अर्थोपेडिक, रेडियोलोजी, एनेस्थेसियोलोजी, डेन्टल, गाइने अव्स र पेडियाटिक  पढ्नुपर्छ । अनि पोष्टिङ यिनै बिषय अनुसार बिभिन्न वार्डमा हुन्छ । आफ्नो रुटिन अनुसार हस्पिटलको वार्डमा जान्थ्यौ, बिरामीसंग रोगको बारेमा राम्ररी बुझने प्रयास गर्दथें ।

बिरामीको जेनेरल र सीस्टमिक जाच गथ्र्यौं  र त्यसपछि  आफना गुरुहरु, सिनियर डाक्टरहरुलाई प्रिजेन्ट गथ्र्यौ । हामीहरुलाई आफ्नो सिनियर अनि गुरुहरुले गाइड गर्नुहुन्थ्यो । के गर्ने ?  कसरी गर्ने ? भनेर आफ्नो ग्रुप बनाउथ्यौँ ।  एउटा केस लिने अनि डिसकस गर्ने गथ्र्यौ ।

कहिलेकाही बिरामीहरुका आफन्त अनि बिरामी झर्को मान्ने गर्नुहुन्थ्यो । कति सोधेको घरी को आएर सोध्छन् घरी को आउँछन् ? यस्ते भनेर कराउनु पनि हुन्थ्यो कति कति बेला । कतिपयले एउटै कुरा कति जनाले सोधेको भन्नुहुन्थ्यो भने कसैले हामीलाई तिमिहरुको सिक्ने समय नै यही हो,  भनेर सहयोग गर्नु हुन्थ्यो ।

त्यसैगरी आफ्नो पोस्टीङ भएको ठाउँमा, कहिले ओपिडी, कहिले वार्डमा, कहिले ल्यावमा, कहिले लेबर रुममा , अनि कहिले अप्रेसन थिएटरमा सिक्दै गयौं । यस्तै हेर्दै गर्दै तेस्रो वर्ष,  चौथो वर्ष सकिदै गयो । त्यसपछि पालो अन्तिम परीक्षाको ।

तालिका निस्किईसक्यो । पढ्नुपर्ने कुरा कति छ भनेर गनेर सोचेर साध्य नै छैन । जहाँबाट जे पनि आउन सक्ने किताब होस् या भन्दा बाहिरको ! पढ्दै छ ,  बिर्सदै छ जस्तो लाग्थ्यो । नलागोस् पनि कसरी ? बास्तममा धेरै कुरा बिर्सिन्थ्यो । अनि मनमनै चित्त बुझाउथे, पढेको कुरा सबै कुरा एकै पल्ट सम्झे त पागल भइहालिन्छ नि भनेर ।

ठिकै छ । जति याद होस् तर पढन चाहिँ छोड्न हुँदैन भनेर सबैले पढ्थ्यौँ । प्रेसर कुकर भित्र सिठ्रठी लाग्न राखेको मासु जस्तो लाग्थ्यो आफ्नो शरीर उकुस मुकुस । बाथरुममा जाँदा, खाना खाँदा,  धन्न यहाँ अगाडि किताब छैन जस्तो हुन्थ्यो । कसैले त त्यो बेला पनि पेपर लगेर पढ्थे रे । कोही बाथरुमको झ्यालमा,  कोही भर्‍याङमा, कोही गल्लीमा, कोही कौसीमा बसेर पढ्ने गरिन्थ्यो । परीक्षा अगाडिको Anxiety को त बयान नै नगरौ अहिले सम्म पनि झसंग हुन्छ ।

………………………………………………………………

परीक्षा दिईयो, अनि रिजल्ट पनि आयो । मेरा लागि गुड न्युज थियो । एमबीबीएसको पढाई सकियो । अब त इन्टर्न डाक्टर भइयो । जिन्दगीको सबैभन्दा खुशीको क्षण थियो मेरा लागि ।

अनि सुरु भयो Training for 4 days, about CPR Helping body breath etc अनि हामी हाम्रो पेशामा प्रवेश गर्दछौँ ।  internship ( junior doctor – inter doctors त्यसपछि हाम्रो पहिलेको पढाई सिकाई व्यवहारमा काममा परिणत गर्ने समय जति सक्यो त्यतिनै धेरै सिक्ने अनि बुझ्रने ।

यसरी पढेर, दिनरात डिउटी गरी प्रयोगात्मक अध्यास गरी अनि बल्ल बनिन्छ डाक्टर ।

सकेसम्म बिरामीको ख्याल राख्ने कोसीस मै हुन्छौँ हामी । यहाँ सम्मकी बिरामीको दिसा पिसाब कति भयो ? भन्ने रेकर्ड राख्छौँ हामी । त्यो हामीलाई जान्न जरुरी हुन्छ ।

यसरी उपचार गर्ने हो । तर सुनिन्छ, कि डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भयो । यस्तो पनि तरिका हो ? यति दुख गरेर पढेर बिरामीकै सेवाका लागि तत्पर रहेका डाक्टरले कसरी गर्छन् लापरबाही ? आफै सोच्नुहोस् डाक्टर बनेको बिरामीको कुरा बुझ्न, ब्यथा बुझ्न, उपचार गर्न । डाक्टरले पनि सक्दो प्रयास न गर्ने हो ।

डाक्टर भनेको जन्मदै बनेर आएका पनि होइनन् अनि भगवान पनि होइनन् । डाक्टर भनेका पढाइ र सिकाइले बनेका मान्छे नै हुन् । सधै बिरामीको सेवामा समर्पित ।

त्यसैले अब देखि डाक्टरमाथि हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्ने जरुरी छ । राम्रोसंग कुरा नबुझिकन, बिरामीकै स्वास्थ्यको बारेमा राम्रोसंग नबुझिकन,  डाक्टर माथि कुटपिट नगर्नु होला बिन्ती छ ।

सबैजनालाई बरु केही समस्या लाग्छ भने कानुनी रुपमा बसेर कुरा गर्नुहोस् तर नि डाक्टरमाथि आक्रमण चै नगर्नुहोस् । यो मुर्खता हुनेछ । डाक्टरको आत्मबल घट्ने शब्दहरु प्रहार नगर्नुहोला ।

डाक्टर माथि हुने दुर्व्यबहार रोक्न सबै निकायबाट सहयोग मिलोस्,  अनि सबैको हितमा कानून बनोस् ।

We are here to help and heal

Always dedicated to health of patients

Jail without bail

# डा.  गौतम लुम्बिनी मेडिकल कलेज पाल्पाकी इन्टर्न हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *