क्वारेन्टिन भित्र घरेलु मदिरा ‘सप्लाई’ गर्ने एक जना पक्राउ

0
Shares

चितवन, ९ जेठ । क्वारेन्टिनमा रहेकाहरुलाई घरेलु मदिरा पुर्‍याउने राप्ती नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए।

उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । उनको बयानको काम नसकिएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ ।

कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई जिल्लामा स्थानीय तहले क्वारेन्टिन निर्माण गरी राख्ने व्यवस्था गरेका छ । तर क्वारेन्टिनमा बस्दा मदिरा सेवन निषेध गरिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *