पहिलोबाट दोस्रोमा पुग्न लाग्यो दुई महिना, अर्को दुई महिना नपुग्दै संख्या बढेर ३५७


काठमाडौँ, ५ जेठ ।  चीनको हुवेई प्रान्तस्थित वुहान शहरमा साढे ५ महिना अघि देखा परेको नयाँ कोरोना भाइरसले यतिवेला नयाँ नाम (कोभिड १९) पाएको छ र संसारभर नै पुगिसकेको छ ।

यो भाइरसबाट अहिलेसम्म संसारभरका ४८ लाख २० मानिस संक्रमित भएका छन् । आजको दिनसम्म ३ लाख १७ हजारले ज्यान गुमाईसकेका छन् ।

यतिवेला संसारका अत्यन्तै शक्तिशाली र विकसित मानिएका देश देखि गरीव र अल्पविकसित देशहरु लकडाउनमा खुम्चिएका छन् । यो खुम्चाई अझै कति अवधि लम्बिने हो भन्न सक्ने अवस्था छैन् ।

सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरमा चीनको वुहानमा देखा परेको यो भाइरस नेपालमा दुई साता पछि नै अर्थात १३ जनवरी मै आइपुगेको थियो । यद्धपी भाइरस नै हो भनेर प्रमाणित हुन दश दिन अरु लाग्यो । २३ जनवरी २०२० अर्थात ९ माघमा हं ङकं ङको प्रयोगशालाले नेपालमा एक जनामा कोरोना पुष्टि भएको भनेर प्रमाणित गरिदियो ।

नेपालमा पहिलो केश देखिदासम्म चीनमा यसले वितण्डा मच्चाउन थालिसकेको थियो । तर युरोप अमेरिका छिरिसकेको थिएन । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘२३ जनवरीमा केश प्रमाणित हुँदा नेपाल चीन बाहिर कोरोना भाइरस देखिने छैटौ मुलुक थियो । अनि सार्क देशमा यो पहिलो मुलुक थियो ।’

नियन्त्रण होला भन्दा भन्दै लिएको तिब्रता

नेपालमा कोरोना भाइरसको संक्रमण पहिलोबाट दोस्रो केशमा जान ठ्याक्कै दुई महिना लाग्यो । चीनको वुहानबाट आएका एक जना नेपाली युवकमा देखिएको थियो पहिलो केश । दोस्रो केश ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी एक १९ बर्षीया किशोरीको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड -१९ पोजेटिभ देखिएको थियो ।

त्यसपछि तीन चार पाँच हुन समय लागेन तर ३१ चैतसम्म केश १२ नाघेको थिएन ।

तर, बैशाख मसान्तसम्म आइपुग्दा २१९ पुग्यो ।

अहिले जेठ लागेको पाँच दिन पुगेको छैन तर संक्रमितको संख्या ३५७ जना पुगिसकेको छ । यो भाइरसबाट जेठ १ र २ गते दुई जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३६ जना घर फर्केको बताइएको छ । यद्धपी कोही पुन अस्पताल फिर्ता भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अहिलेसम्म संक्रमितमध्ये २९८ जना पुरुष र ५९ जना महिला छन् । मृत्यु हुने पनि एक पुरुष र एक जना महिला छन् । सबैभन्दा बढी प्रदेश नं ५ मा १५६ जना संक्रमण र १ जनाको मृत्यु भएको छ । दोस्रोमा प्रदेश नं २ छ जहाँ १३२ जना संक्रमित छन् । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन । जिल्लागत रुपमा हेर्दा अहिलेसम्म ३१ जिल्लामा यसको संक्रमण देखिएको छ ।

संक्रमण तिब्र, तयारीमा मन्द गतिमा ?
कोरोनाबाट संक्रमण हुने दरले तिब्रता पाउँदै गर्दा सरकारको तयारी त्यो हिसावले भईसकेको छैन् कि जस्तो देखिन थालेको छ । क्वारेन्टाइन भरिन थालेका छन् , मृत्यु हुन थाल्दा शब उठाउन समस्या देखिएको छ ।

अस्पतालहरु शिल गर्नुपर्ने अवस्था हुँदा विकल्प के भन्नेमा अधिकारीहरु अल्मलिएका हुन् कि भन्ने देखिन थालेको छ ।

विश्वका अन्यदेशमा यसले वितण्डा मच्चाउँदा नेपालमा भने सहजै नियन्त्रण हुने विश्वासका साथ अधिकारीहरु बसेका थिए ।

तर, पछिल्लो समय जब आत्तिएका छन्, यसबेला संक्रमणको गतिले थप तिब्रता लिइसकेको छ । अब यसलाई व्यवस्थापन गर्न क्वारेन्टाइन व्यवस्थित गर्ने, पीसीआर परीक्षण र कन्ट्याक्ट टेसिङलाई तिब्रता दिने कार्य गर्नु जरुरी देखिएको छ ।

यस्तै अस्पताल र जनशक्तिको व्यवस्थापनमा थप थप बिचार पु र्‍याउनुपर्ने देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *