नेपालमा कोभिड – १९ सम्वन्धी नौ वटा अनुसन्धान हुँदै

काठमाडौँ, २६ बैशाख । कोरोना भाइरसको संक्रमण बढेसंगै उपचार तथा रोकथाममा केन्द्रीत रहेको सरकारले यसको अनुसन्धानलाई समेत अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट कोरोना भाइरस (कोभिड१९) सम्वन्धी नौ विभिन्न शीर्षकमा अनुसन्धान गर्ने भएकोहो ।

परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालका अनुसार अनुसन्धानका लागि नौ मध्ये छ वटा विषयले एथिकल रिभ्यु बोर्डबाट पारित भएर अध्ययन प्रक्रिया अघि बढाइसकेको छ । बाँकी तीन वटा विषयले स्वीकृति पास हुने चरणमा रहेको छ ।

के के विषयमा हुँदैछ अनुसन्धान ?

अनुसन्धान परिषदले विदेशबाट आएका नेपालीहरुमा कोभिड १९ विशेष लक्षण देखिएको छ कि छैन भन्ने विषयलाई एउटा अनुसन्धानको विषय बनाएको छ ।

यस्तै संघीय, प्रादेशिक, तथा स्थानीय तहले कोभिड १९ उपचारका लागि के कस्तो तयारी गरेको छ ? सरकारले छुट्याएको कोभिड १९ अस्पताल तथा क्लिनिकको तयारी कस्तो छ ? भन्ने विषयमा पनि अनुसन्धान गर्न लागेको छ ।

यस्तै नेपालमा पाइने आरडीटी किट्सको गुणस्तरबारेमा अर्को अनुसन्धान शुरु गर्दैछ । कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमा तनाव एन्जाइटी तथा डिप्रेसन छ कि छैन् भनेर अर्को सर्भे गर्दैछ ।

यस्तै कोभिड १९ कोबारेमा नेपालमा आम मानिसको बुझाइ कस्तो छ भनेर समेत अर्को अनुसन्धान गरिदैछ । यस्तै क्वारेन्टाइनमा बसेकाहरुको मनोवैज्ञानिक असर कस्तो हुँदै रहेछ भन्ने अर्को अनुसन्धान हुँदेछ ।

ती बाहेक कोरोनामा विभिन्न देशले अघि सारेको उपचार विधि प्लाज्मा थेरापी, सार्स कोभिड२ संग तुलना गरी जीन सिक्वेन्सीङको अर्को अध्ययन हुँदैछ । अर्को विश्व स्वास्थ्य संगठनले अघि सारेको सोलिडारिटी क्लिनिकल ट्रायलको समेत अध्ययन गरिदैछ ।

डा ज्ञवालीले यी अध्ययनहरु शुरु भइसकेको भन्दै नतिजा पनि निकै छिटो आउने बताए ।

उनले भने, ‘त्यसका आधारमा स्वास्थ्य मन्त्रालयले कोभिड -१९को बारेमा आफ्नो नयाँ धारणा र उपचार तथा रोकथामका लागि थप रणनीति बनाउन सक्नेछन् ।’

विश्वभर कोरोना संक्रमणले तिव्रता लिइरहेका बेला नेपालमा समेत त्यसको प्रभाव देखिएको छ । पछिल्लो दिनमा कोभिड –  १९ संक्रमणमा पर्ने संख्याको ग्राफ निरन्तर उकालो चडेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १०१ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *